छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी
निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि बुधबार पक्राउ पुर्जी जारी गरिएको हो। छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।
शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन्। हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि-शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ।
July 24, 2019 5:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री