साँघुटारमा आगलागी, चार घर जले
6 years अगाडी
Susma Dhakal
काठमाडौं। बिहीबार बिहानै रामेछापको साँघुटारमा भीषण आगलागी भएकोछ । स्थानीय अंकित श्रेष्ठ घरमा विद्युत शर्ट भएर लागेको आगोले अन्य तीन वटा घरमा पनि क्षति गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
आगलागीले श्रेष्ठको दुई तले पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा जस्ता पाता लगाइएको घर जलेका छन्। प्रहरीका अनुसार श्रेष्ठ, राजन सुवेदी, अनिष थापा र हरिमाया मगरको घर जलेर नष्ट भएका छन्।
विद्युत शर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले क्षतिबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले जलेका घरमा रहेका सामानहरुमा पूर्ण रुपले क्षति पुगेको बताए। उनका अनुसार आगो नियन्त्रण लिन प्रहरीलाई करिब २ घण्टा लागेको थियो। बिहीबार बिहान करिब ८ बजे लागेको आगो १० बजेपछि नियन्त्रणमा लिइएको थियो।
July 25, 2019 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...