साँघुटारमा आगलागी, चार घर जले
7 years अगाडी
Susma Dhakal
काठमाडौं। बिहीबार बिहानै रामेछापको साँघुटारमा भीषण आगलागी भएकोछ । स्थानीय अंकित श्रेष्ठ घरमा विद्युत शर्ट भएर लागेको आगोले अन्य तीन वटा घरमा पनि क्षति गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
आगलागीले श्रेष्ठको दुई तले पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा जस्ता पाता लगाइएको घर जलेका छन्। प्रहरीका अनुसार श्रेष्ठ, राजन सुवेदी, अनिष थापा र हरिमाया मगरको घर जलेर नष्ट भएका छन्।
विद्युत शर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले क्षतिबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले जलेका घरमा रहेका सामानहरुमा पूर्ण रुपले क्षति पुगेको बताए। उनका अनुसार आगो नियन्त्रण लिन प्रहरीलाई करिब २ घण्टा लागेको थियो। बिहीबार बिहान करिब ८ बजे लागेको आगो १० बजेपछि नियन्त्रणमा लिइएको थियो।
July 25, 2019 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...