गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद
6 years अगाडी
Susma Dhakal
गोरखा – गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिनुभयो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो ।
July 25, 2019 1:00 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
Loading...