काठमांडूमा हरियाली फर्काउने युवाहरुको अनौठो पहल, जन्मदिन मनाये बृक्षारोपण गरी ,हेर्नुहोस् फोटो
बर्तमान समयमा धूलो शब्दले गर्दा माननिय प्रधान मंत्री ज्युले पनी स्पष्टीकरण दिनपरेको थियो । संसद देखि रोड सम्म ठूलो बहस चलेको थियो तर समाधान तर्फ कुनैपनि सरोकारवादी को ध्यान आकर्षण देखिएन । यसै समस्यालाई केंद्रित गरी काठमांडूमा युवाहरुले बृक्षारोपण मार्फ़त पर्यावरण बचाउने र काठमांडूलाई धूलो रहित राजधानी बनाउने प्रयास गरेका छन । यस कार्यको सुरुवात गर्नको लागि युवा नेताले जन्मदिनमा बृक्षारोपण गरेर सेलिब्रेशन गरेका हुन
महेन्द्र रत्न क्याम्पस ताहाचल काठमांडूमा साबिक अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य तथा महेन्द्र रत्न क्याम्पस ताहाचलका लोकप्रिय विद्यार्थी नेता पंकज भन्डारीको जन्मदिन पारेर बृक्षारोपण गरिएको छ । महेन्द्र रत्न क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका युवा विद्यार्थी नेता देबिराम पाठकले बातये अनुसार ग्लोबल वार्मिंगको समस्या र पर्यावरण बचाउने उद्देश्यले लगभग पचास वटा बिरुवा रोपि समाजलाई जागरूक गराउने जमर्को गर्दै आउदो समयमा यस अभियानलाइ थप ऊर्जा दिने जानकारी दिएका छन ।
विकासको नाममा काठमांडूमा भएको हरियालीलाई दिन प्रतिदिन समाप्त भइ रहेको छ । काटियेका रुखको छती पूर्ति गर्ने सरकारको कुनै चासो नभएपछि युवाहरुले नै आफ्नो स्तरमा हरियाली बचाउने पहल गरेका छन । प्रधानमंत्रीले दिएको अस्वाशन जस्मा पचास लाख बृक्षारोपण गर्ने अभिव्यक्तिलाई आत्मसाथ गर्दै युवाहरु नै कार्यको शुभारम्भ गरेका छन ।
बृक्षारोपणमा सुदर्शन सिवाकोटी, प्रकाश शाही, मोदनाथ रिमाल, खगेन्द्र थापा, देविराम जइसी, दिपेन्द्र शाही लगायतका युवा बिद्यार्थी नेता तथा क्याम्पसमा अध्यनरत छात्र, छात्राहरुको वाक्लो सहभागिता रहेको थियो ।यस शुभ कार्य गर्नकालागि जन्मदिन एउटा माध्यम मात्र भयको तथा आफू बाताबरण संरक्षणका साथै हरियाली बनाउनको निम्ति समाजलाइ जागरूक गर्ने नेता पंकज भण्डारीले बताये ।
July 25, 2019 2:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता