गर्मी मौसममा खानैपर्ने यी ६ तरकारीहरू
गर्मी मौसममा धेरै पसिना आउने तथा आलस्य महसुस हुने भएको कारणले हामीले दैनिक खाने खाना र पिउने पानीको मात्रामा धेरै नै ध्यान दिन जरुरि देखिन्छ । धेरै स्वास्थ्य समस्या तथा फुड प्वाइजनिंग को समस्याहरु धेरै जसो यही मौसममा हुने गरेको पाइन्छ । यस मौसममा हाम्रो सानो तिनो लापरवाहीहरुको कारणले गर्दा पनि हामी छिट्टै बिरामी पर्ने सम्भावना धेरै हुने गर्छ ।
अरु विभिन्न मौसमको तुलनामा गर्मी महिनामा हाम्रो पाचन शक्ति समेत कमजोर हुने गर्छ । साथै, हाम्रो शरीर पनि अल्छि र केहि शारीरिक कम नगरी छिट्टै थाक्ने गर्छ । यस्तो बेलामा बाहिरको, तेलमा बढी तारेको चिल्लो तथा मसाला युक्त खानाको सेवनले हाम्रो शरीरमा नकारात्मक असर पुर्याउने गर्छ । आजकल धेरै रसायनहरु प्रयोग गरेर बेमौसम तरकारीहरु सजिलै बजारमा उपलब्ध भएको पाइन्छ ।
तर, हामीले यस्तो बेमौसमी तरकारीहरुको सेवन गर्नु भन्दा पनि गर्मी मौसममा पाइने रसायन नभएको तरकारीहरुको प्रयोग गर्नु पर्छ । हामीले हाम्रो स्वास्थ्यलाई निकै ध्यान दिएर हल्का, रसायन नभएको या सजिलै पच्ने खालको तरकारी खाने गर्नु पर्छ । फाइबर युक्त क्यालोरी कम हुने खानाहरुलाई हाम्रो पेटले छिट्टै पचाउन सक्छ ।
हामीले गर्मि मौसममा पाइने रसायन युक्त तरकारीले हाम्रो पेट पनि सफा रहनुका साथै हाम्रो पाचन प्रक्रियामा पनि अवरोध आउदैन । स्वादमा तीतो भएपनि छिट्टै पच्ने करेला गर्मी मौसममा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलाले पाचनशक्तिलाई सक्रिय गरेर अरुचि हटाउनुका साथै भोक पनि जगाउछ । यसले रक्तचापलाई नियन्त्रणमा ल्याएर मुटुका रोगीका लागि फाइदा पुर्याउछ ।
तर, न्युनतम रक्तचाप भएको व्यक्तिहरुले करेलाको सेवन गर्नु भने हुदैन ।गर्मि मौसममा पाइने टमाटरमा प्रसस्त मात्रामा भिटामिन ए,सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइने हुदा शरीरको रोगप्रतिरोधी क्षमता मजबूत बनाउछ । गर्मी होस् वा अन्य कुनै मौसममा दिनुहँ एउटा टमाटर खाने गर्नाले हामीहरु विभिन्न खालका रोगबाट बच्न सक्छौं ।
यसले हाम्रो छालालाई चाउरि हुनुबाट रोक्नुका साथै हाम्रो शरीरमा भएको घाउचोट तथा अनुहारमा भएको दाग हटाउन मद्दत गर्छ । गर्मी मौसममा प्याज र हरियो सिमी खानु वरदान नै हो । यसलाई तरकारी वा काचै सलादका रुपमा पनि खान सकिन्छ । यसमा भिटामिन सी, बी–६ र म्याङगनिज, क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियमका साथै मा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट हुन्छ ।
प्याजले हामीलाई गर्मी मौसममा लाग्ने लू बाट बचाउछ । हरियो सिमीले शरीरको कोशिकाहरुको क्षति ठीक गरेर हाम्रो शरीरमा नयाँ कोशिका निर्माण गर्न मद्धत गर्छ । यस्तै लौका र फर्सी भनेको चिसो खालको तरकारी हुन् । यसको सेवनले गर्मि महिनामा हाम्रो शरीरलाई चिसो राखेर अल्छि भगाउन मद्दत गर्छ । क्यालोरी कम हुने भएका यी दुईलाई सजिलै पचाउन सकिन्छ ।
गर्मी मौसममा यसले पेट सफा गरेर ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले पेट गडबड हुने, अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुने गर्छ । साथै, यिनीहरुले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर तौल कम गर्न मद्धत गर्छ । अझ फर्सीको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई निकै फाइदा पुर्याउछ ।
July 25, 2019 2:11 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप