गोपनियता संरक्षण गर्न नसक्दा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना
विराटनगर । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकलाई अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको छ । गोपनीयता संरक्षण गर्न नसकेको दाबि गर्दै अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
फेसबुकले मासिक करिब दुई अर्ब डलर आम्दानी गर्छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले जरिवाना तिराउने निर्णय गरेपछि फेसबुकको अढाई महिनाको आम्दानी गुमाउनेछ बीबीसीका अनुसार एफटीसीले फेसबुककालागि गरेको हाल सम्मकै ठूलो जरिवाना हो ।
एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।व्यक्तिगत गोपनीयता संरक्षण नगरेको आरोपमा फेसबुकमाथि अनेक आरोपहरु लाग्दै आएका छन् । समाचारमा जनाइए अनुसार राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेपछि एफटीसीले छानबिन सुरु गरेको थियो ।
July 25, 2019 2:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा