मालिकप्रति कुकुरकाे विश्वास नै गर्न नसकिने वफादारिता
एजेन्सी। यो कुनै कुकुरको वफादारीको कहानी होइन। तस्वीरमा देखिएको यो कुकुरको आँखाको उदासीले के बताउँछ भने उ आफ्नो मालिकप्रति कति बेचैनी छ। रुसमा एउटा २०० किलोमिटरको दूरी पैदल हिँडेर आफ्नो मानिस भएको ठाउँ नजिक पुग्यो। अब के प्रश्न उठ्छ भने आफ्नो यात्राका क्रममा साइबेरियाको जंगलमा भालु र चितुवाबाट आफूलाई कसरी बचेर कुकुर आफ्नो मालिक भएको ठाउँसम्म पुग्यो भनने प्रश्न उब्जिएको छ। बुलमास्टिफ नस्लको यो पोथी कुकुरको नाम मारु हो। जसलाई उसको मालिकले कुकुरलाई एलर्जी भएर छोडेका थिए। तर मारुलाई आफ्नो मालिकप्रति निकै लगाव थियो।
मारुलाई उसको नयाँ मालिकले रेलमा बाँधेर कतै लैजाँदै थिए। तर कसैगरी मारुले आफूलाई बाँधेको सांलोबाट उम्किन सफल भयो। राति रेलबाट झरेर मारुले आफ्नो पुरानो मालिक भएको ठाउँमा जाने यात्रा सुरु गरेको थियो। मारु नयाँ मालिकसँगबाट भागेपछि सामाजिक संजालमा उसकालागि अभियान संचालन गरियो। करिव तीन दिनको खोजीपछि अन्तिममा मारु फेला पर्यो। तर रमाइलो के भने मारु जहाँ फेला पर्यो त्यहाँ उसको पुराना मालिक थिए।
मारुको पुरानो मालिकले उसलाई ६ महिना पहिला छोडेका थिए। पहिलो पटक मारुलाई देख्ने व्यक्तिका अनुसार जब उसले आफ्नो पुरानो मालिकलाई देख्यो तब उसको आँखामा आँशु आएको थियो। मारुको भाग्य राम्रो भएका कारण उसले २०० किलोमिटरको यात्रा गर्दासमेत उ सकुशल पुरानो मालिक भएको ठाउँमा पुग्न सफल भयो। जतिबेला मारु आफ्नो पुरानो मालिक भएको ठाउँमा पुग्यो त्यो बेला उसको एउटा खुट्टा भाँचिएको थियो।
July 25, 2019 2:40 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग