‘जय श्री राम’ को नाराले हिंसा बढेकाे भन्दै ४९ जना सेलिब्रेटीले लेखे प्रधानमन्त्री माेदीलाई चिठी
भारतका चर्चित सेलिब्रेटीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछिल्ला केही दिनमा दलित र अल्पसंख्यकमाथि बढिरहेको अपराध, हत्या र अपराधको मुद्दामा चिठी लेखेका छन् । चिठीको माध्यमबाट ४९ जना सेलिब्रेटीहरुले अपराधीविरुद्ध के कारबाही गर्नुभएको छ? भनेर प्रश्न गरेका छन् । साथै चिठीमा ‘जय श्री राम’ को नारालाई उक्साहटको रुपमा लिएका छन् ।
सामाजिक कार्यकर्ता, चलचित्र निर्माता र कलाकारहरुले प्रधानमन्त्री मोदीलाई लेखिएको पत्रमा यस्तो कदम रोक्न माग गरेका छन् । ‘राम को नाममा देशभर हिंसा भैरहेको छ, ‘जय श्री राम’ को नारा युद्धघोष बनिसकेको छ’, प्रधानमन्त्री मोदीलाई लेखिएको चिठीमा भनिएको छ ।
नेशनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबी) को एक रिपोर्टको तथ्यांक साभार गर्दै सन् २००९ जनवरी १ देखि अक्टोबर २०१८ को अवधिमा देशमा धर्मको आधारमा घृणाजन्य (मब लिन्चिङ) अपराधको २ सय ५४ वटा मुद्दा सार्वजनिक भएका छन् ।
त्यस्तै सन् २०१६ मा दलितमाथिको अत्याचार गरिएको ८ सय ४० वटा विषय सार्वजनिक भएका छन् । ‘प्रधानमन्त्रीज्यू ! तपाइँले अपराधीविरुद्ध के कदम चाल्नुभएको छ?’, चिठीमा सोधिएको छ ।
प्रधानमन्त्रीलाई चिठी लेख्ने सेलिब्रिटीहरुमा दक्षिण भारतका फिल्म निर्देशक अदूर गोपाल कृष्णन, मणि रत्नम, फिल्म निर्देशक अनुराग कश्यप, बिनायक सेन, मौमित्रो चटर्जी, अभिनेत्री अपर्णा सेन, फिल्म निर्देशक श्याम बेनेगल, रुपम इस्लाम, अनुपम रोयलगायत रहेका छन् ।
यस्ताे छ प्रधानमन्त्री माेदीलाई लेखिएकाे पत्र-




प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग