

टी-२० क्रिकेट: जसकाे डेब्यू खेल नै अन्तिम बन्याे

टी-२० क्रिकेट आफैँमा रोमाञ्चक हुन्छ । छोटो फर्म्याटको क्रिकेट भएकाले यसमा रनको वर्षा पनि हुन्छ । थोरै समयमा धेरै मनोरञ्जन पनि हुने भएकाले ५० ओभरको क्रिकेट भन्दा २० ओभरको क्रिकेट फलो गर्नेहरुको संख्या पनि बढ्दो छ टी-२० विश्वकप सन् २००७ मा पहिलो पटक आयोजना गरिएको थियो । भारतले पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० दक्षिण अफ्रिकाविरुद्ध सन् २००६ मा खेलेको थियो भने त्यसयता लगातार टी-२० खेल्दै पनि आएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।
त्यस खेलमा दिनेश कार्तिकले अविजित ३१ रन बनाएका थिए भने महेन्द्रसिंह धोनी शून्य रनमै पेभेलियन फर्किएका थिए । अहिलेसम्म भारतीय टिमले ११५ वटा टी-२० खेलेकोमा ७१ वटामा जित हात पारेको छ । ४१ खेलमा पराजित हुँदा ३ खेलमा भने निर्णय आएन । आज हामी भारतका तीन खेलाडी जसको डेब्यू टी-२० नै अन्तिम टी-२० बन्यो, यस बारेमा चर्चा गर्न गैरहेका छौँ–
१. दिनेश मोंगिया : दक्षिण अफ्रिकाविरुद्ध भारतको पहिलो टी-२० मा दिनेश मोंगियाले डेब्यू गरेका थिए । त्यो खेलमा उनले ४५ बलमा ३८ रन जोडेका थिए । उनी चाल्स लेंगवेल्टको बलमा क्याच आउट भएर पेभेलियन फर्किए । त्यसपछि उनी कहिल्यै टी-२० खेल्न मैदान प्रवेश गरेनन् । बरु उनी विवादित टी-२० लिग अर्थात् इन्डियन क्रिकेट लिगमा आबद्ध भएका थिए । जसका कारण उनले आईपीएल पनि खेल्न पाएनन् । उनको डेब्यू टी-२० नै अन्तिम टी-२० भयो ।
२. राहुल द्रविड : भारतीय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान हुन्, राहुल द्रविड । उनी भारतीय टिमको कप्तान पनि भएका थिए । ३१ अगस्ट २०११ मा इंग्ल्याण्डविरुद्ध टी-२० मा डेब्यू गरेका द्रविडले २१ बलमा ३१ रन बनाएका थिए । जसमा उनले समित पटेलको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । तर त्यो खेलमा भारत ६ विकेटले पराजित भएको थियो । त्यही डेब्यू खेल नै द्रविडका लागि अन्तिम अन्तर्राष्ट्रिय टी-२० खेल बन्यो ।
३. सचिन तेन्दुलकर : विश्वकै सर्वाेत्कृष्ट तथा मास्टर बलास्टर सचिन तेन्दुलकरले पनि एउटा मात्रै टी-२० क्रिकेट खेलेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध भएको भारतको पहिलो टी-२० खेलेका थिए । त्यस खेलमा उनले १२ बलमा दश रन बनाएका थिए भने २ दशमलव ३ ओभर बलिङ गर्दा एक विकेट हात पारेका थिए ।त्यसपछि सचिन पनि कहिल्यै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा फर्किएनन् ।
July 26, 2019 10:13 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

