चीनले भन्यो, ‘हामी सधै नेपालको प्रगति, बिकाश र नेपालको खुसि देख्न चाहन्छौँ’
चीनले नेपालसँगको चिरस्थायी साझेदारी र सहयोग आफ्नो चाहना भएको पुनः दोहो¥याएको छ भने पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले आज साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक साझेदारी आफ्नो देशको चाहना भएको बताउनुभयो ।
चीनले कहीँ पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्तिसैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।चिनियाँ राष्ट्रपतिको निमन्त्रणा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यसैवर्ष गर्नुभएको चीनको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै राजदूत हउले परम्परागत द्विपक्षीय सम्बन्धलाई दुई देशका उच्च सैनिक तहमा पनि प्रगाढ तुल्याइएको बताउनुभयो । “विपद् व्यवस्थापनसहितका पारस्परिक सैन्य अभ्यास हाम्रा सम्बन्धका दृष्टान्त हुन्”, उहाँले भन्नुभयो ।त्यसअघि समारोहका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले एकचीन नीतिप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहो¥याउँदै ‘सगरमाथा अभ्यास’जस्ता चिनियाँ जनमुक्ति सेनासँगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताउनुभयो ।
उहाँले शान्तिपूर्ण सहअस्तित्वलाई अँगालेको नेपालले चीनको स्थायित्व, प्रगति र शान्ति चाहेको तथा उसले हासिल गरेका विकासका विविध आयामबाट लाभान्वित हुन नेपाल सचेत रहेको बताउनुभयो ।सैनिक सहचारी लिउले स्वागत मन्तव्य व्यक्त गर्दै चीनको राष्ट्रिय एकता, भौगोलिक अखण्डता रक्षाका साथै विश्व शान्ति र स्थायित्वमा योगदान गर्नु नै चिनियाँ जनमुक्ति सेनाको लक्ष्य भएको बताउनुभयो । राष्ट्रसङ्घीय शान्तिसेनामा रहेर जनमुक्तिसेनाका ३९ हजार पदाधिकारीले विश्वका २४ देशमा सेवा गरिरहेका जानकारी दिनुभयो ।समारोहमा संवैधानिक अङ्गका पदाधिकारी नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजधानीस्थित कूटनीतिक नियोगका सैनिक सहचारी र वरिष्ठ पत्रकारको सहभागिता थियो ।
July 26, 2019 11:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता