आकाशबाट खस्यो अनौठो ढुङ्गा, अनुसन्धानपछि खुल्यो यस्तो रहस्य
एजेन्सी। पृथ्वीमा समय समयमा अनौठो घट्नाहरु घटिरहेका हुन्छन्। कतिपय चकित पार्ने हुन्छन् भने कतिपय सामान्य हुन्छन्। अहिलेको आधुनिक समयमा वैज्ञानिकहरुले पृथ्वी र पृथ्वी बाहिरको विभिन्न कुराहरुको अध्ययन तथा खोज गरिरहेको छ।पृथ्वीभित्र र बाहिर हुने साना–साना प्राकृतिक घट्नाहरु पनि वैज्ञानिकहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यसै क्रममा भारतको बिहारस्थित मधुबनीमा एउटा रोचक घटना घटेको छ।
भारतीय एक संचार माध्यम पत्रिका नामक अनलाइनमा आकाशबाट मधुबनी भन्ने ठाउँमा ढुङ्गा खसेको समाचार प्रकाशन गरिएको छ। उक्त संचार माध्यमका अनुसार १५ किलो तौल रहेको उक्त ढुङ्गा जमिनमा खस्दा त्यहाँको जमिन तातिएको थियो।
पछि ढुङ्गालाई प्रशासनले अनुसन्धानको लागि लगेको र चेकजाँच गर्दा ढुङ्गामा फलामको अवशेष फेला परेको बताइएको छ। चुम्बक अगाडि लग्दा ढुङ्गामा टासिन गएको समाचारमा उल्लेख गरिएको छ। साथै सो ढुङ्गा अर्को ग्रहको टुक्रा वा उल्का पिण्ड हुन सक्ने समेत अनुमान गरिएको छ।प्रशासनले लानु अघि ढुङ्गालाई त्यहाँका गाउँलेले फूल चढाएर पूजा समेत गरेको जनाइएको छ।
July 26, 2019 11:08 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने