यौन सक्रिय मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने
रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौन जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौन सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।
अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय यौनक्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, यौन क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रोफिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ । नियमित यौनक्रियाकलापले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।
July 26, 2019 11:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड