

गर्मीमा पसिनाले मेकअप बगायो ? गर्मी महिनामा मेकअप कसरी गर्ने त ?

धेरै जसो महिलाहरुले हरेक दिन सुन्दर देखिनका लागि मेकअप गर्ने गर्छन् । को भन्दा को राम्रो भन्ने चलनले गर्दा आजकल कतै जानु अघि हेवी मेकअप गरेर जाने गरेको पाइन्छ । तर, धेरै जसो महिलाहरुलाई मेकअपको राम्रो ज्ञान हुदैन । अझ गर्मीको मौसममा पसिना धेर आउने भएको ले मेकअपलाई बगाएर सम्म लान सक्छ । गर्मीको मौसममा मेकअपको राम्रो ज्ञान नहुदा हामीले हाम्रो अनुहारलाई सुन्दर बनाउनु भन्दा पनि यसलाई अझ कुरुप र पसिनाले चिल्लो बनाई रहेका हुन्छौं ।
गर्मीमा हामी मेकअप त गर्छौं तर, कुन सामानको कति प्रयोग गर्ने, कसरी गर्ने, कुन तरिकाले गर्ने विषयले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । गर्मीमा धेरै पसिना आउने भएको कारणले हामीले वाटरप्रुफ मेकअपको प्रयोग गर्नु अवश्यक देखिन्छ । वाटरप्रुफ मेकअपको प्रयोग नगरेमा पसिनाले हाम्रो मेकअपलाई बगाएर हाम्रो अनुहारलाई ताते पांग्रे देखाउने गर्छ ।
गर्मीमा पसिना कम ल्याउनुका लागि हामी धेरै पाउडरको प्रयोग गर्ने गर्छौं । तर, हामीले गर्मीमा धेरै पाउडरको प्रयोग गर्नु भने हुदैन । हामीले पाउडर सकेसम्म कम लगाउनु हाम्रो अनुहारको लागि उचित हुन्छ । धेरै पाउडरको प्रयोगले हाम्रो अनुहारका रौँ छिद्रहरु टालिन सक्छ, र हाम्रो अनुहारमा डण्डीफोर तथा विभिन्न प्रकारको दाग, चाया तथा पोतो समेत आउन सक्छ ।
हामीले थोरै मात्रामा पाउडर लगाएपछि भिजेको स्पञ्ज वा पफले विस्तारी अनुहार थप थपाउनु पर्छ । यसो गर्दा पाउडर लामो समयसम्म टिकि रहने हुन्छ । गर्मीमा गजल तथा आइलाइनर पनि वाटरप्रुफ नै प्रयोग गरेको राम्रो हुन्छ । अनुहारमा दागहरु छैन भने फाउन्डेसनको प्रयोग नगरेकै राम्रो हुन्छ । गर्मी महिनामा हेबी मेकअप भन्दा पनि सिम्पल मेकअप नै गर्नु पर्छ ।
गर्मीमा चम्किलो मेकअपको सट्टा हल्का मेकअप सुहाउँछ । घरबाट निस्किनु अघि अनुहारलाई राम्रो संग फेस्वासले सफा गरिसकेपछि सफा कपडाले पुछेर हाम्रो छाला सुख्खा नहोस् भन्नका लागि टोनर र मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ । कतै घाममा बाहिर जादा सन्सक्रिमको प्रयोग अनिवार्य गर्नु पर्छ । यसलाई सामान्य मेकअप भनिन्छ ।
आजकल बजार मा मेकअप सेतिङ्ग स्प्रे किन्न पाइन्छ जसले हाम्रो मेकअपलाई धेरै बेर सम्म टिकाउन मद्दत गर्छ । घरबाट फर्केर मेकअप निकाल्दा अल्कोहलरहित मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । साथै, हामीले जहिले सुत्नु अगाडी हाम्रो अनुहार धोएर, मेकअप हटाएर मात्र सुत्नु पर्छ । हामीले मेकअपका सामग्री किन्दा आफ्नो अनुहारमा सुट गर्ने, गुणस्तर भएको राम्रो सामानहरु किनेर प्रयोग गर्नु पर्छ ।
July 26, 2019 2:59 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

