

एनआरएनए एनसीसी साउदी अरबको सातौं राष्ट्रिय अधिवेशन तय ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । गत १९ जुलाई शुक्रबार सम्पन्न परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो । अधिवेशनबाट आगामी कार्यकाल २०१९-२१ का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेकोे वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बर मै समाप्त हुदै छ ।
राष्ट्रिय अधिवेशनलाई सम्पन्न गर्न जोन अर्यालको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन समिति गठन भएको छ । समितिमा रमेश भण्डारी र राजकुमार गिरी निर्वाचन निर्वाचन सदस्य रहेका छन् । निर्वाचन समितिले निर्वाचन निर्देशिका एवम् नियमावली २०१९ र एनसीसी साउदि अरबको बिधि बिधानलाई आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । त्यसैगरी अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरि जिम्मेवारी र कार्यभार समेत सुम्पेको एनसीसी श्रोतले जानकारी गराएको छ । साउदि अरबको भौगोलिक अवस्थ र परिस्थितिलाई मध्यनजर गरि परिषद् मातहतमा विभिन्न ठाउँहरुमा क्षेत्रीय तथा स्थानीय समन्वय समितिहरु स्थापितभइ कृयाशिल रहदै आएका छन् । मजदुरमैत्रि संस्थाको रुपमा परिचित एनआरएनए एनसीसी साउदि अरबको आसन्न अधिबेशनलाई यहाँ स्थिति नेपाली कामदार र जनसमुदायहरुले निकै चासोका साथ हेरिरहेका छन् ।
संघको माथिल्लो निकाय आइसिसिको विश्व सम्मेलन आगामी अक्टोबर १३ तारिख बाट काठमाडौंमा सुरु हुदै छ । सम्मेलन आगावै विश्वभर रहेका मातहतका सबै राष्ट्रिय समन्वय परिषद्हरुले आ-आफ्नो महाधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चय गरिसक्नुपर्ने प्राबधान रहेको छ ।
July 27, 2019 12:26 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

