

फ्राइडे रिलिज : आजदेखि ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि ‘सुपर गोर्खे’ र ‘एकलव्य’ चलचित्र प्रदर्शनमा आएका छन् । दुवै चलचित्र प्रचारप्रसारका हिसाबले न्यून देखिएका छन् । चलचित्र ‘नाइ“ नभन्नु ल’को पहिलो श्रृंखलाबाट उदाएकी अभिनेत्री ऋचासिंह ठकुरी केही वर्षयता चलचित्र क्षेत्रबाट हराएकी थिइन् । अहिले फेरी उनी जुर्मुराएर निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा पुनः प्रवेश गरेकी छिन् ।
उनको प्रस्तुतिमा उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ । राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक उनका श्रीमान राज नायक रहेका छन् ।चलचित्र ‘सुपर गोर्खे’ का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठूले), सुदीपजंग थापा हुन् । चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र फिलिप जोनले संगीत भरेका छन् । सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बू, रजिना रिमाल र मिलन अमात्यले चलचित्रका गीत गाएका छन् ।
चलचित्रमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइ“टेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापाको अभिनय रहेको छ किरण माइकलको लेखन रहेको चलचित्र ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भीएफएक्स रहेको छ ।
आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘एकलव्य’ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्र एकलव्यको निर्देशन अनमोल शर्माले गरेका हुन् । अनमोलको यो डेब्यु चलचित्र हो ।चलचित्रमा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, सुशिल पोखरेल, सुष्मा कार्की, महिमा सिलवाललगायतका कलाकारहरुको अभिनय रहेको छ । भोजराज देवकोटाको पटकथा – संवाद रहेको चलचित्रको छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् ।
July 27, 2019 11:01 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

