गर्भावस्थामा गर्भवती महिलाले एक दिनमा कति पानी पिउनु उचित ?
महिलाका लागि गर्भअवस्था निकै खुशी, महत्वपूर्ण तथा जटिल अवस्था हो । यो अवधिभर र बच्चा जन्मने समयमा गर्भवती महिला तथा पेटमा भएको बच्चाको स्वास्थ्यमा संकट आइपर्न सक्छ । विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा यस्तो जोखिमको सम्भावना बढी देखा पर्ने हुन्छ । गर्भअवस्थामा रहेको शुरूका दिनहरूमा गर्भपतन हुने खतरा सबैभन्दा बढी हुन्छ ।
गर्भावस्थामा पहिलाभन्दा बढी पोषणको आवश्यकता हुन्छ । प्रोटिन, आइरनयुक्क्त खानेकुराहरु प्रसस्त मात्रामा खानुपर्छ । यसैले महिलाहरूले यस अवस्थामा आफ्नो जीवन शैली, खानपान को साथ पानीको पिउने मात्रालाई पनि निकै ध्यान दिनु पर्ने हुन्छ । आमाबाट बच्चामा पोषण जाने भएकोले आमाले आफ्नो शरीरको निकै ख्याल राख्न जरुरि देखिन्छ । गर्भवती महिलाले पहिलो महिनामा बिशेष ध्यान दिनु पर्ने हुन्छ ।
पहिलो ४ हप्ता सम्म भ्रुण राम्रो विकाश हुन सकेन भने बच्चाको मानसिकबिकाशमा समस्या आउन सक्छ र बच्चा अस्वस्थ जन्मिन्छ । गर्भवती महिलाले एक दिनमा अरुको तुलनामा धेरै पानी पिउने गर्नु पर्छ । गर्भ अवस्थामा शरीरमा धेरै पसिना आउने भएकाले गर्भवती महिलाले एक दिनमा लगभग १० कप ( २.४ देखि ३ लीटर सम्म ) पानी पिउनु जरूरी देखिन्छ । पानी मात्र नभएर पानीको साथ साथ अरू झोल पदार्थहरुको सेवन पनि गर्नु पर्छ ।
यसले गर्भवती महिलाको साथै पेटमा भएको बच्चाको स्वास्थ्यलाई पनि फाइदा पुर्याउने हुन्छ । गर्भावस्थामा कम पानी पिउने महिलालाई विभिन्न किसिमको इन्फेक्सन, रोग तथा बच्चालाई समेत समस्या हुने सम्भावना बढी हुन्छ । गर्भावस्थाको पहिलो ३ महिनामा कम पानी पिउने महिलालाई बढी तनाव महसु हुने गर्छ । धेरै तनाव लिएको खण्डमा महिलाहरुलाई समय अगावै लेवर पेन हुन सक्छ ।
गर्भावस्थामा कम पानी पिउनाले गर्भवती महिलालाई भन्दा बढी उनको पेटमा रहेको बच्चालाई असर गर्छ । पेटमा भएको बच्चाको शारीरिक तथा मानसिक विकासमा कमि आउनुका साथै यस्तो अवस्थामा गर्भपतनको डर समेत हुने गर्छ । यसका साथै समय नपुग्दै बच्चा जन्मिन सक्छ । समय अगावै जन्मिएको बच्चाको स्वास्थ्यमा धेरै समस्याहरु देखिन थालिन्छ । गर्भावस्थामा कम मात्रामा पानी पिउनाले गर्भवती महिलाको शरीरको तापमान विग्रेर असन्तुलन हुन सक्छ ।
गर्भवती महिलाको शरीरले सामान्यतया अवस्थामा भन्दा बढी हिट प्रोड्युस गर्ने भएकोले यदि गर्भावस्थाको पहिलो ३ महिनामा गर्भवती महिलाको शरीरको तापमानलाई नियन्त्रणमा राख्न सकिएन भने आमा तथा बच्चालाई समेत खतरा हुने सम्भावना बढ्दै जान्छ । त्यसैले गर्भअवस्थामा पानीको साथ साथै ताजा फलफूलको रस, दुध, तरकारीहरुको सुप, दाल पिउनु एकदमै राम्रो हुन्छ । गर्भावस्थामा बजारमा पानी फ्लेवर वाला जुसको सेवन गर्दा यसले गर्भमा रहेको बच्चालाई असर गर्न सक्छ ।
July 27, 2019 11:43 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप