घाज्नी प्रान्तको प्रहरी चौकीमा कारबम विस्फोट, ४ जनाको मृत्यु, २० घाइते
6 years अगाडी
Susma Dhakal
घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा ४ प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरेका छन् । प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सवै जना प्रहरी नै रहेका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताएका छन् ।
“आतङ्कवादीहरुको संगठनले आज बिहान कारबम आक्रमण गरेको हो, अबान्ड जिल्लामा रहेको प्रहरीको प्रवेशद्धार मै आक्रमण भएछ,” नुरीले भने । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
July 27, 2019 2:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...