घाज्नी प्रान्तको प्रहरी चौकीमा कारबम विस्फोट, ४ जनाको मृत्यु, २० घाइते
7 years अगाडी
Susma Dhakal
घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा ४ प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरेका छन् । प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सवै जना प्रहरी नै रहेका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताएका छन् ।
“आतङ्कवादीहरुको संगठनले आज बिहान कारबम आक्रमण गरेको हो, अबान्ड जिल्लामा रहेको प्रहरीको प्रवेशद्धार मै आक्रमण भएछ,” नुरीले भने । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
July 27, 2019 2:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...