Thursday 12th March 2026

भारतले अनुमति नदिएको हिमालयन एअरलाइन्सलाइ चीनले दियो अनुमति, अब सिधा काठमाडौं-बेइजिङउडान गर्ने

7 years अगाडी

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने भएको छ। ४९ प्रतिशत चिनियाँ लगानी भएको एयरलाइन्सले बेइजिङको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उड्ने निश्चित भएको छ।एयरलाइन्सका उच्च अधिकारीका अनुसार एयरलाइन्सले बेइजिङको नयाँ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा उडान गर्ने भएको छ। उक्त विमानस्थल सेप्टेम्बरबाट सञ्चालन हुने बताइएको छ। त्यसपछि उडान गर्नेगरी एयरलाइन्सले तयारी गरिरहेको छ। उडानको मिति भने तय भएको छैन।

एयरलाइन्ले बेइजिङ उडानका लागि लामो समयदेखि प्रयास गरिरहेको थियो। अहिलेको बेइजिङ क्यापिटल विमानस्थल साँघुरो भएकाले नेपाली एयरलाइन्सलाई ‘स्लट’ नदिएको चीनले नयाँ विमानस्थल बनेपछि ‘स्लट’ दिने वचन दिएको थियो। सोही बचनअनुसार चिनियाँ पक्षले व्यावसायिक उडानको अनुमति दिएको हो । यसअघि पनि हिमालयले चीनमा चार्टर उडान अनुमति पाएको थियो। हालसम्म काठमाडौंबाट बेइजिङ सिधा उडान छैन।

एयरलाइन्सले बेइजिङसँगै चीनका अन्य गन्तव्यमा पिन उडान गर्ने तयारी गरेको छ। भारतको नयाँ दिल्ली उडान अनुमति नपाएपछि एयरलायन्सले बेइजिङ उडान गर्ने तयारी गरेको थियो। लामो समयदेखि दिल्ली उडान पाएको छैन। धेरै पल्ट भारतलाई उडान अनुमतिको पत्रचार गर्दा पनि भारतले अनुमति दिएको छैन ।

          July 27, 2019 4:38 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...