

भारतले अनुमति नदिएको हिमालयन एअरलाइन्सलाइ चीनले दियो अनुमति, अब सिधा काठमाडौं-बेइजिङउडान गर्ने

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने भएको छ। ४९ प्रतिशत चिनियाँ लगानी भएको एयरलाइन्सले बेइजिङको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उड्ने निश्चित भएको छ।एयरलाइन्सका उच्च अधिकारीका अनुसार एयरलाइन्सले बेइजिङको नयाँ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा उडान गर्ने भएको छ। उक्त विमानस्थल सेप्टेम्बरबाट सञ्चालन हुने बताइएको छ। त्यसपछि उडान गर्नेगरी एयरलाइन्सले तयारी गरिरहेको छ। उडानको मिति भने तय भएको छैन।
एयरलाइन्ले बेइजिङ उडानका लागि लामो समयदेखि प्रयास गरिरहेको थियो। अहिलेको बेइजिङ क्यापिटल विमानस्थल साँघुरो भएकाले नेपाली एयरलाइन्सलाई ‘स्लट’ नदिएको चीनले नयाँ विमानस्थल बनेपछि ‘स्लट’ दिने वचन दिएको थियो। सोही बचनअनुसार चिनियाँ पक्षले व्यावसायिक उडानको अनुमति दिएको हो । यसअघि पनि हिमालयले चीनमा चार्टर उडान अनुमति पाएको थियो। हालसम्म काठमाडौंबाट बेइजिङ सिधा उडान छैन।
एयरलाइन्सले बेइजिङसँगै चीनका अन्य गन्तव्यमा पिन उडान गर्ने तयारी गरेको छ। भारतको नयाँ दिल्ली उडान अनुमति नपाएपछि एयरलायन्सले बेइजिङ उडान गर्ने तयारी गरेको थियो। लामो समयदेखि दिल्ली उडान पाएको छैन। धेरै पल्ट भारतलाई उडान अनुमतिको पत्रचार गर्दा पनि भारतले अनुमति दिएको छैन ।
July 27, 2019 4:38 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

