Monday 28th July 2025

खोलाले बगाउँदा गुरुङको मृत्यु

6 years अगाडी

विराटनगर,संघिया खोलाले बगाउँदा रामेछाप घर भइ विराटनगर महानगरपालिका ७ बस्दै आएका १५ वर्षीय रमेश गुरुङको मृत्यु भएको छ । शनिबार साथीहरुसँग सिंघिया खोलामा पौडी खेल्ने गएका गुरुङलाई खोलाले बगाएको हो ।

खोलाले बगाएपछि बेपत्ता भएका गुरूङको शव खोजी गर्ने क्रममा जहदा गाउँपालिकामा पर्ने भातीगञ्जमा भेटिएको छ । बेपता भएको जानकारी आएपछि खोजीका लागि प्रहरी परिचालन भएको थियो । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

          July 28, 2019 3:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...