मालिककी छोरी बचाउन सर्पसँग लडे दुई कुकुर, दिए आफ्नै बलिदान !
काठमाडौं । आफ्नो मालिककी छोरीलाई बचाउन विषालु सर्पसँग लडाइँ गरिरहेका दुई कुकुरको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । सामाजिक संजालमा भाइरल भएको यस भिडियोमा एक कालो कुकुर र अर्को सेतो कुकुर सर्पलाई पालै-पालो टोकिरहेको देखिन्छन् भने सर्प पनि दुवै कुकुरलाई आक्रमण गरिरहेको देखिन्छ ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो फिलिपिन्सको कुडापवन शहरको हो ।
स्थानीय जाईमी सेलिम आफ्नी छोरीलाई घरमै छाडेर श्रीमतीसँग गत शुक्रबार बाहिर गएका थिए । त्यहि क्रममा एक सर्प गेटबाट बगैंचा हुँदै बच्ची सुतिरहेको तर्फ अगाडी बढ्यो । तत्कालै कुकुरहरु भुक्न थाले अनि सर्प माथि आक्रमणमा उत्रिए । दुई कुकुर र सर्प बीच लगभग २ मिनेट जति भिडन्त भयो । कुकुरहरुले टोकेको कारण सर्पको मृत्यु भयो ।
१ कुकुरको मृत्यु, अर्को अन्धो भिडन्तको क्रममा कालो कुकुर मोक्सीलाई सर्पले कयौं पटक डसेको थियो । जस कारण सर्पको मृत्यु भएको केहि समयमा मोक्सीको पनि मृत्यु भयो । यस्तैसर्पले छाडेको विष आँखामा परेर अर्को सेतो कुकुर माइले अन्धो भयो । कुकुरहरु आफ्नो मालिक प्रति ज्यादै बफादार हुने कुरामा कुनै दुई मत छैन । कुकुरका मालिक जाईमीका अनुसार कुकुरहरुको बफादारीकै कारण उनकी छोरी बचेकी हुन् ।
July 28, 2019 3:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने