अष्ट्रेलियामा कार दुर्घटना हुनु अगाडीको भिडियो बाहिरीयो, कारमा अन्ताक्षरी खेल्दै रमाउँदै गरेका उनीहरुको खुसी यसरी एकैछिनमा भताभुँग भयो (भिडियो हेर्नुस्)
काठमाडौं, १३ साउन । उनीहरु विदा मनाउन हिडेका थिए । एउटा कारमा पाँच जना बसेका थिए । बिदा मनाउन अष्ट्रेलिय स्थित स्नोई माउण्टेन हिडेका उनीहरुलाई के थाहा एक छिनमा सोच्नै नसकेको घटना हुनेछ । कारमा बसेका उनीहरु अन्ताक्षरी खेल्दै हिडेका थिए । कारमा रहेकी युवतीले भिडियो खिचेकी छन् । फेसवुक लाइभमा उनीहरु निकै मस्ती मुडमा देखिन्छन् । आज बेस क्याम्प जाँदैछौ भोली हामी त्यहाँवाट माउन्टेन जान्छौं उनीहरुले कारमा जानकारी दिएका छन् । तर केही बेरमै सो कार दुर्घ८टना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृ८त्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।
कार दुर्घटना हुनुपूर्व उनीहरुले खिचेको भिडियो समेत सार्वजनिक भएको छ । तीन वटा कारमा १५ जनाको समुह विदा मनाउन हिडेका थिए । तीन मध्य एउटा कार दुर्घटनामा परेको हो । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो।
अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। उनीहरु त्यस तर्फ जाँदै गर्दा कार भित्र खिचिएको भिडियो सार्वजनिक भएको हो । कारमा पाँच जना छन् । जसमा उनीहरु निकै खुसी मुडमा देखिन्छन् । कारमा रहेकी युवतीले भिडियो लिएकी छन् भने अन्य साथीहरु पनि निकै खुसी देखिएका छन् । अन्य दुई वटा कारमा रहेका १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर रमाइलो गर्न हिँडेका थिए ।
क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताएका छन् । आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दुर्घट८नामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ। मृ८तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबको छ।
July 30, 2019 7:02 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी