निर्मला हत्याकाण्डः अनुसन्धानको नयाँ आयाम
काठमाडौँ, १४ साउन । गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् ।राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए ।
२०७५ साउन १० गते कन्चनपुरको उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्धा अन्तराष्ट्रिय करण हुनुको साथै सरकारमाथि पटक पटक दवाव परेको थियो । उक्त हत्याकाण्डमा कुनै पनि ठुला भनिएका ब्यक्तिलाई जोगाउन कुनै प्रकारको षडयन्त्र नभएको बताए । उक्त घटनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने सरकारले कारवाही गरेरै छाड्ने दावी गरे । उनले यस अघि निमर्ला हत्याकाण्डमा संलग्न रहेका भनिएका दिलीपसिंह बिष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान शुरु गरेको जानकारी दिए ।
July 30, 2019 8:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा