सुपमा मरेको मुसा भेटिएपछि १९ करोड डलर सम्पत्ति स्वाहा
बीबीसी । एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ। चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो।मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ। उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ। ती महिलाका पतिलाई उद्धृत गर्दै एउटा स्थानीय समाचार संस्थाले त्यो रकम उनीहरूले लिन अस्वीकार गरेको जनाएको छ। मा भनेर एउटा नामबाट चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न चाहेको बताएका छन्।
गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए। केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन्। यदि उनलाई आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको ती महिलाका पतिले जनाएका छन्।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उसिनिएको उक्त मुसाको तस्बिर प्रेषित भएपछि धेरैले घृणा र आक्रोश व्यक्त गरेका छन्। एक जनाले लेखेका छन्, मलाई वाक्क आउला जस्तो हुन्छ। म अब बाहिर कहिल्यै हट्पट खान्नँ। केही दिनपछि सेप्टेम्बर ११ मा सो कम्पनीको शेअर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा न्यून विन्दुमा पुग्यो। तर बुधवारदेखि उसको बजार मूल्यमा केही सुधार आउन थालेको छ। जायबु जायबु मलाई मन पर्ने रेस्टुरेन्ट हो। मलाई लाग्थ्यो उनीहरू सफा छन्।।।। तर म यो पत्याउनै सक्दिनँ, अर्का एक जनाले वेइबोमा लेखेका छन्।
ूयदि उनको बच्चालाई केही भइहाल्यो भने उनीहरूले कसरी क्षतिपूर्ति गर्छन्रु के जीवनको मूल्य २० हजार युआन मात्रै होरुू एक प्रयोगकर्ताको प्रश्न छ। सरसफाइको कमीका कारण मुसा खानेकुरामा पुगेको हुनसक्ने सम्भावना अस्वीकार गर्दै सो रेस्टुरेन्टले शनिवार एउटा सन्देश लेखेको थियो। तर पछि उसले त्यो मेट्यो। सुपमा मुसा पाइएको वेइफङ नगरका अधिकारीहरूले जाइबु जाइबु रेस्टुरेन्टबारे छानबिन हुने बताएका छन्। हट्पट चीन र एशियाका अरू भागमा प्रचलित एउटा परिकार हो। उम्लिरहेको तातो सुपको भाँडो डाइनिङ टेबलमा राखेर त्यसमा विभिन्न तरकारी र काँचो मासु हालेर पकाइन्छ। त्यो परिकार नै हट्पट हो। बीबीसीबाट साभार
July 30, 2019 8:54 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग