Saturday 18th May 2024

यौन दासीका रूपमा भारतसँगै खाडी र अफ्रिकी मुलुकमा यसरी पुर्याईन्छ नेपाली चेली

5 years अगाडी

काठमाडौं । यो वा त्यो बहानामा नेपाली युवती बेचिने क्रम रोकिएको छैन । विगतमा नेपाली महिला भारतका कोठीहरूमा यौ’न शो’षणका लागि हुन्थ्यो । अहिले भने बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ । भारतमा बे’चिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ ।

दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौ’न शो’षणका लागि पुर्याइएका जानकारी प्रहरीमा आउने गरेका छन् । होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौ’न शो’षणका लागि ती देशमा पुर्याउने गरेको पाइएको छ ।

नेपाल सरकारले मानव बेचबि’खनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिएको छैन । नेपाल प्रहरीको मानव बेचबि’खन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले यौ’नदासीका रूपमा भारतमा बे’चिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताउनुभयो ।

          July 30, 2019 9:01 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...