

साउदि अरब श्रम बेच्न हिडेका न्यौपाने कहिले नफर्कने गरि उतै अस्ताय ।

देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवाहरु दिनानुदिन विदेश पलायन हुने क्रम रोकिएको छैन । विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिकहरु अनेक कठिनाइ र पिडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको सव काठको बाकसमा त्रिभुवन विमानस्थलमा अवतरण भइरहेको तितो यथार्थ पनि नेपालीहरुको सामु लुकेको छैन ।
सुनौलो भविष्यको सपना देखि खाडी छिरेका कतिपय नेपालीहरुको सपना मिर्मिरे बिहानि नहुदै बिलाएर जाने गरेका छन् । यस्तै दुर्भाग्यशालि यूवा मध्य एक हुन सिन्धुपाल्चोक स्थाइ घर भएका अमित न्यौपाने । चार बर्ष पहिले कमाउला, जमौला र भविष्यमा रमाउला भन्ने सपना बोकि साउदि छिरेका न्यौपाने अब कहिले घर नफर्कने गरि साउदी मै अस्ताउन पुगेका छन् ।
रबाबि होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ बर्षिय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृिदयघातका कारण दुखद अवसान भएको हो । साप्ताहि छुट्टिका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका अमित एक्कासि छाति दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए । “म अफिस पुग्दा उनी छटपटाइ रहेका थिए र मैले गाडिमा राखि अस्पताल लैजादै गर्दा अस्पताल नपुग्दै उनिको सास रोकिएको थियोे”, फिल्पिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले टोलिफोन सम्वादमा जानकारी गराए । करिव आधा घण्टा चेकजाँच गरि अपरान्ह ४:४५ बजे साउदि अरबको रियाद स्थित ओबेद स्पेसलाईज्ड अस्पतालमाले न्यौपानेलाई आधिकारिक रुपमा मृत घोषणा गरेको थियो ।
मृतक न्यौपानेका बुबासँग समाचार पंक्तिकारद्वारा नेपाल टेलिफोन सम्पर्क घटनाको अर्को दिन गरि अवगत गराइएको छ भने नेपाली राजदूतावास रियाद साउदि अरबलाई घटना बारे आधिकारिक जानकारी गराइएको छ । दूतावासका द्वितीय सचिवको नियमित सम्वाद, सम्पर्क र सुझाव अनुसार कम्पनीले सवलाइ नेपाल फिर्ताका लागि आवश्यक प्रक्रिया चालिरहेकोछ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

