चार्जमा राखेर गेम खेल्ने क्रममा करेन्ट लागेर ज्यान गयो
7 years अगाडी
Susma Dhakal
विराटनगर, १६ साउन । मोरङमा मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा १ बालकको मृत्यु भएको छ ।मृत्यु हुने बालकमा लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राई रहेको प्रहरीले जनाएको छ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर राईको ज्यान गएको हो ।
बुधबार राति शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतिरहेको अवस्थामा बिहीबार बिहान शौजनलाई करेन्ट लागेको थियो । उनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
सुरजले खाटको भित्तापट्टी सुतेका शौजन अचानक छट्पटाउन थालेपछि बाबु-आमालाई बोलाएका थिए। प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बिजुली बन्द गरेका थिए ।करेन्ट लागेका बेला शौजनको हातमा नै मोबाइल थियो। करेन्ट लागेर शौजनको घाटी डढेको छ ।
August 1, 2019 2:47 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...