Saturday 20th April 2024

चार्जमा राखेर गेम खेल्ने क्रममा करेन्ट लागेर ज्यान गयो

5 years अगाडी

विराटनगर, १६ साउन । मोरङमा मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा १ बालकको मृत्यु भएको छ ।मृत्यु हुने बालकमा लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राई रहेको प्रहरीले जनाएको छ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर राईको ज्यान गएको हो ।

बुधबार राति शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतिरहेको अवस्थामा बिहीबार बिहान शौजनलाई करेन्ट लागेको थियो । उनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सुरजले खाटको भित्तापट्टी सुतेका शौजन अचानक छट्पटाउन थालेपछि बाबु-आमालाई बोलाएका थिए। प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बिजुली बन्द गरेका थिए ।करेन्ट लागेका बेला शौजनको हातमा नै मोबाइल थियो। करेन्ट लागेर शौजनको घाटी डढेको छ ।

          August 1, 2019 2:47 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...