कांग्रेस सिम्ता गाउँपालिकाको दिपावली विशेष कार्यक्रम सम्पन्न, नेकपाका ४ कार्यकर्ताले गरे कांग्रेस प्रवेश
कमल सिंह ठकुरी
कार्तिक ३, २०७६ सुर्खेत : नेपाल शिक्षक संघ सिम्ता गाउँपालिका र नेपाल विद्यार्थी संघ सिम्ता गाउँपालिकाको आयोजनामा दिपावली, छटपर्व विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति टेक बहादुर सिंह, केन्द्रिय शिक्षक प्रतिनिधि भक्त बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचीव मोहन राना, नेपाली कांग्रेस सिम्ता गाउँपालिकाका सभापति राजेन्द्र सिंह, वडा नम्बर ४ बजेडिचौरका सभापति असोक केसि, वडा नम्बर २ काफलकोटका सभापति हरि बहादुर सिंह लगायतले मन्तव्य राखेका थिए।
त्यस्तैगरी उक्त कार्यक्रममा नेकपा परित्याग गरि गंगा बिक, लाली राना, शुशिला परियार, र धर्म राना गरि ४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन। नेपाल विद्यार्थी संघका नेता बिकि बादी र नेपाल महिला संघ सिम्ता गाउँपालिकाकि सदस्य बालकुमारी शर्माको सक्रियतामा नेपाली कांग्रेस प्रवेश गरेका हुन।
नवप्रवेशी पाचौं जनालाई कार्यक्रमका प्रमुख अतिथि तथा सुर्खेत जिल्ला उपसभापती टेक बहादुर सिंह, क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचिव मोहन रानाले नेपाली कांग्रेस पार्टीमा स्वागत गरेको वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए।
बिकि बादिले संचालन गरेको कार्यक्रम शिक्षक संघ सिम्ता गाउँपालिकाका अध्यक्ष कर्ण राणाको सभापतित्वमा सम्पन्न भएको थियोे।
October 20, 2019 4:55 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन