दिपक आचार्य ´जलन`को गीत “अचानो” सार्वजनिक [भिडियो सहित]
कमल सिंह ठकुरी
काठमाडौं १४, २०७६ कार्तिक : गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह “अचानोमा दिल” भित्रको “अचानो” नामक गजलिए गीति कोसेली भर्खरै मात्र बजारमा आएको छ।
हिमालीसंचार डटकममा सुरुवातीदेखि नै साहित्यिक कार्यक्रम “शब्द सागर” मार्फत विभिन्न श्रष्टाहरुका रचनाहरुलाई स्थान दिदै कार्यक्रमलाई अगाडि बढाईरहेका जलनले कुवेत बसाईलाई बिट मारेर सन् २०१६ मा स्वदेश फर्किएपछि गजल संग्रह “अचानोमा दिल” प्रकाशनमा ल्याएका थिए।
साहित्यमा निकै सक्रिय जलन रोजगारीकै शिलशिलामा पुनः साउदी अरब पुगे। त्यहाको बसाईलाई पनि बिट मार्दै सन् २०१९ मा स्वदेश फर्किएको केही समयपछि उनको शब्दमा रहेको “अचानो” नामक गीति कोसेली बजारमा ल्याए।
उक्त गीतमा गायक राजेन्द्र बजगाईको स्वर तथा म्युजिक रहेको छ। मोहित मुनालले उक्त गीतको म्युजिक एरेन्ज गरेका थिए भने किशान श्रेष्ठले मिक्सिङ गरेका हुन।
प्रहिल कार्कीको निर्देशनमा सो गीतको म्युजिक भिडियोमा सन्दीप श्रेष्ठले अभिनय गरेका छन भने अखिल बास्तोलाले दृश्य कैद गरेका हुन। माधब वेलवासेको सम्पादनमा रहेको उक्त गीतको म्युजिक भिडियो गायक बजगाईकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
October 31, 2019 4:45 am | टप,भिडियो,मनोरञ्जन,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :