लघुचलचित्र मेरी श्रीमती सार्वजनिक
युएई- युएईमा कार्यरत नेपालीहरुले लघुचलचित्र मेरी श्रीमती सार्वजनिक गरेका छन् । नेपाली समाजले भोगिरहेको व्यावहारिक यथार्थतालाई देखाउने प्रयास स्वरुप यो लघु चलचित्र निर्माण गरेको निर्माता तथा निर्देशक बरुण खनालले जानकारी दिएका छन् ।
उक्त चलचित्रले नारीहरुलाई आदर सम्मान गर्न सुझाएको छ । रक्सी र चुरोटको लतमा लागेको व्याक्तिले आफ्नी श्रीमतीलाई गाली गर्ने, कुटने, श्रीमतीले पकाएको खाना नमिठो लागेर बाहिरको खाना मगाउने गरेर सताएको दृश्य नेपाली जनजीवनसँग मिल्दोजुल्दो देखाइएको छ ।
यो प्रवृति खराब भएको महसुस जब चलचित्रमा नायकले महसुस गर्छ, तब कथाले युटर्न लिन्छ । नायकले नायिकालाई माया गर्न थाल्छ । आपसी मेल देखाउदै लघु चलचित्र सकारात्मक सन्देश दिदै अन्त्य हुन्छ ।
सबैभन्दा रोचक पक्ष त यो रिल लाइफमा श्रीमानको भुमिकामा देखिएका नायक कैलाश अर्याल, श्रीमतीको भुमिकामा देखिएकी नायिका अनु अर्याल भण्डारी र छोरीको भुमिकामा रहेकी प्रिन्सेस अर्याल रियल लाइफमा पनि श्रीमान र श्रीमती हुन । युएईमै जन्मिएकी ३ वर्षकी प्रिन्सेस पनि उनीहरूकै रियल छोरी हुन । अभिनयमा परिपक्वता नदेखिए पनि रोजगारीको व्यस्तताका बीचमा नेपालीहरुको सामाजिक/ पारिवारिक यथार्थलाई छोटो कथामा समेटेर नारीवादी चलचित्र निर्माण गर्नु आफैमा रचनात्मक काम हो । किडस फन च्यानलले सार्वजनिक गरेको १० मिनेटको लघु चलचित्र सन्देशमुलक बनेको छ ।
November 15, 2019 2:18 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने