ज्योति लाइफ इन्स्योरेन्सको अर्घाखाँचीमा तालिम तथा अन्तरक्रिया कार्यक्रम
सन्धिखर्क । ज्योति लाइफ इन्स्योरेन्सको अर्घाखाँचीमा एक दिने आधारभूत तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘ज्योती लाइफ सधै तपाइको साथ’ भन्ने मुल नारासहित अर्घाखाँची शाखाको आयोजनामा शनिवार सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक चरण दास तिमिल्सिनाले बिमा भनेको अनिवार्य बचत र आर्थिक क्षति विरुद्दको सुरक्षा भएको बताए। त्यस्तै उनले विभिन्न प्राण घातक रोगहरू (३५ किसिमका) लागेमा ५० लाख सम्म आर्थिक सहयोग गर्ने जीवन बिमा कम्पनी ज्योति लाइफ इन्स्योरेन्समा ढुक्क भएर बिमा गर्न र गराउन सबैलाई अपिलसमेत गरे ।
त्यसैगरी क्षेत्रीय प्रबन्धक तिमिल्सिनाले नेपालमै उत्कृष्ट शाखाको रुपमा आफूलाई चिनाउन सफल अर्घाखाँची शाखाका म्यानेजर कृष्ण प्रसाद खनालको उच्च प्रशंसा गर्दै अर्घाखाँचीका सबै अभिकर्ताहरूलाई उत्कृष्ट कामको लागि धन्यवाद पनि दिएका थिए।
अर्घाखाँची शाखाका प्रमुख कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ५५ जनाको सहभागिता थियो।
December 8, 2019 11:39 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत