यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि |
6 years अगाडी
Nepal Drishti
गजल-
यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि |
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि |
उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि |
श्रीमती पाए पछि उसले आमा बिर्सियो,भोक बिर्सियो
पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि |
जाबो एउटा घर सम्म चलाउन सक्दैनौ यार तिमी !
देश चलाईरहेका छन यहाँ खेतालाले पनि |
नदीले बगरमा छोडेपछि म उसैको बन्न पाऊँ
जसले मलाई मार्नकै लागि नदीमा खसाले पनि |
अमर खडका
हाल: कुबेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...