Tuesday 23rd April 2024

महाबिर पुनलाई सहयोग गर्न साम नेपालि (शुमन देउजा)ले सुरु गरे अभियान

4 years अगाडी

झापा । अस्ट्रेलियामा बसोबास गर्दै आएका सामाजिक अभियांता तथा समाज सेबी एवं सहयोगी मन भएका साम नेपाली (सुमन देउजाले) महाबिर पुनको राष्टिय आविष्कार केन्द्रको लागी ब्याक्तिगत रुपमा १००० डलर सहयोग गर्ने भएकाछन् । यस्तै उक्त महान कार्यको लागी आफ्नो सम्पर्कमा रहेका साथीहरुलाई पनि उत्प्रेरित गर्दै १८०० डलर रकम जम्मा गरेका छन् । देस बिकासका लागी महत्वपुर्ण र महत्वाकांक्षी सपना बोकेर अग्रसर रहेका पुन आर्थिक संकटको कारण योजना मुताविक कामगर्न नसकी रहेको अबस्थामा देउजाले सहयोगी हात अगाडी बढाएको फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन् । उक्त संकलित रकम नव वर्षको अवसर पारेर जनवरी १ तारिकको दिन हस्तान्तरण गरिने भएको छ । यस्तो छ देउजाको स्टाटस

साम नेपाली फेसबुक पेज मार्फत अन्तरराष्ट्रिय विद्यार्थीहरुको विगत ७ बर्ष देखी कोठा भाडामा खोज्न सहयोग गर्ने, काम खोज्न सहयोग गर्ने , नेपाली विद्यार्थीहरुलाई आपत विपतमा आर्थीक सहयोग गर्ने जस्ता कार्यहरु गरीरहेका छन। पेसाले शैक्षिक परापर्श दाता देउजा अस्ट्रेलियको मेलवोर्नमा मुख्य कार्यलय राखी नेपालको काठमाण्डौ र झापाको बिर्तामोडमा जेनियन एजुकेशन एण्ड भिजा सर्भिसेस संचालन गरीरहेका छन । अस्ट्रेलियमा बसोवास गर्दै आएका साम नेपाली भनेर चिनिने शुमन देउजाले नेपालमा आफ्नि स्व. हजुरआमाको स्मृतिमा आफु संरक्षक रहेको संस्था स्व. बछलादेवी सोसियल फाउण्डेशन मार्फत अस्ट्रेलियबाट रकमहरु पठाइ थुप्रै उदाहरणीय  कार्यहरु गरीसकेका छन ।

 यसैविच सिन्धुपाल्चोकमा पहिरो पिडित र दाङका बाढी पिडितहरुलाई ९०,००० रुपैया सहयोग गरेकका थियो भने झापाको झापा गाँऊपालीका बाढी पिडितलाई राहत स्वरुप २०० वटा झुल बितरण गरेका थिए । यस्तै झापाका मृगौला बिरामि शिव कुवरलाई ८०,००० रुपैया, खुट्टेडाँगी स्थीत स्वबोध साधना केन्द्रलाई अनाथ वालवालिकाहरुको हेरचारमा सहयोग स्वरुप रु ५०,००० रुपैया र  मृगौला बिरामि नरेन्द्र मेचेलाई ९०,००० सहयोग गरेका थिए । साथै गरिब तथा बृद्दलाई लक्षित गरि झापा जिल्लाको धाइजन स्वास्थ्य चौकिमा आँखा सिविर सन्चालन गरी ३२० जनाको आँखा जांच गर्नुका साथै १८ जनाको अप्रेशन समेत निशुल्क गराएका थिए  ।

          December 25, 2019 2:17 pm | टप,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...