

लालिगुराँस नेसनल एकेडेमीले आयोजना गरेको ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ सम्पन्न

लालिगुराँस नेसनल एकेडेमीले आयोजना गरेको ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ सम्पन्न भएको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानकारी गराउदै लालिगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बढाथोकीले भने ‘विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउने मञ्च भनेको विद्यालय हो । विद्यालयमा फरक फरक क्षमता भएका विद्यार्थीहरू रहेका हुन्छन् । उनीहरूको क्षमतालाई पहिचान गरी प्रस्फुटन गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले पठनपाठनलगाएत विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि र भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सफलता हासिल गर्न सकून् भनेर विगतदेखि नै यस्ता कार्यक्रमहरू गर्दै आइरहेको बताए ।
प्रिन्सिपल बुढाथोकीले थुप्रै चुनौतीका बाबजुत यो शैक्षिकसत्रदेखि कक्षा ११ को पठनपाठन शुरू गरिएको जानकारी दिदै उनले शुरूकै वर्षमा ५१ जना विद्यार्थीहरू भर्ना हुनु आफूहरूप्रतिको विश्वास भएको र यसलाई आफूहरूले घात गर्न नदिने प्रतिबद्धता जनाए । साथै, उनले विस २०६५ सालमा जम्मा २८ जना विद्यार्थीहरू भर्ना गरेर शुरू गरिएको लालिगुराँस नेसनल एकेडेमीमा अहिले १६ सय ७० जना विद्यनर्थीहरू रहेको जानकारी गराए ।
उक्त विद्यार्थीहरूमध्ये ३ देखि ७ कक्षासम्मका ६७ जनाले ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ मा सहभागीता जनाएका थिए । विभिन्न समूहबीच भएको प्रतिस्पर्धामा प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो गरी ३ जनालाई मुख्य विजेता, सहविजेता र उपविजेता धोषणा गरिएको थियो ।
विजेता प्रतियोगी छात्रछात्राहरूः
क) जुनियर छात्रतर्फ विजेताः
१) मुख्य विजेताः अभिषेकजंग प्याकुरेल
२) फस्ट रनरअपः बुभुत्सु सुवेदी
३) सेकेन्ड रनरअपः अग्रीमराज तिवारी
ख) जुनियर छात्रातर्फ विजेताः
१) मुख्य विजेताः जोहना केसी
२) फस्ट रनरअपः प्रियान्सु भट्टराई
३) सेकेन्ड रनरअपः सिमरन घले
ग) सिनियर छात्रतर्फ विजेताः
१) मुख्य विजेता : सौगात शाह
२) फस्ट रनरअप : सगुन महर्जन
३) सेकेन्ड रनरअप : सम्वृद्धजंग ओझा
घ) सिनियर छात्रातर्फ विजेताः
१) मुख्य विजेता : प्रिन्सा थापा
२) फस्ट रनरअप : कृति गुरुङ
३) सेकेन्ड रनरअप : नामसाङ लिम्बु
ङ) पब्लिक च्वाइसतर्फका विजेताहरूः
१) सिनियरतर्फ–
छात्रबाट– सम्वृद्धजंग ओझा
छात्राबाट– सेरियाना बेगम
२) जुनियरतर्फ–
छात्रबाट– अभिषेकजंग प्याकुरेल
छात्राबाट– स्मृति जोशी

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

माछा बेचेर वार्षिक डेढ करोड रुपैयाँ आम्दानी

तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

