विर्तामोडको मनकामना कलेजमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम
विर्तामोड । मनकामना कलेज विर्तामोडमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो सत्रमा सहजकर्ता क्यान झापा समितिका सदस्य तथा साइबर क्राइमका प्राविधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ, फिसिङ्ग, भाईरस लगायत समार्ट उपकरण, मोबाईल आदिको सुरक्षा सुचना चोरी जस्ता समस्या र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रमको दोस्रो सत्रमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए । डिएसपी थापाले फेसबुक मार्फत हुने आर्थिक अपराध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधि गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।
कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख तथा डा. रुपक खनालले कार्यक्रमको सुरुवात र औचित्यको बारेमा उपस्थितलाई जानकारी गराएका थिए भने आफुहरु पुर्वमै पहीलो प्राबिधिक कलेज भएको कारण पनि प्रबिधिको प्रयोग र यसबाट हुनसक्ने नकारात्मक प्रभाब रोक्नको लागी सदैब अग्रसर रहने बताएका थिए । कार्यक्रममा क्यान माहासंघ परदेश १ का सचिव लक्ष्मीकान्त खनाल, मनकामना कलेज प्रमुख सहित, शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
January 1, 2020 8:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा