Saturday 20th April 2024

किरात याक्थुङ चुम्लुङ कुवेतको ९औं बार्षिकत्सव कार्यक्रम स्थगित

4 years अगाडी

कुवेत / किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । बिश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझव दिईरहेको अवस्था छ । कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेलका लागि कार्यक्रम स्थगित गरिएको चुम्लुङका कार्यबाहक अध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वाले जानकारी गराएका छन ।

कोरोना भाईरसबाट सिर्जना भएको बिषेश परिस्थितीमा कार्यक्रम स्थगित गर्नु परेको र यसबाट पर्नगएको असुविधा प्रति सम्बन्धित सबैसंग किरात याक्थुङ चुम्लुङ कुवेतले क्षमायाचना गरेको छ ।

          February 27, 2020 1:03 pm | समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...