Thursday 25th April 2024

नेपाली जनसम्पर्क समिति क्यानडा कार्यसमितिको कार्यकाल सकियो, चुनावका लागि प्रतिनिधि खटाइदिन नेपाली काँग्रेसलाई आग्रह

4 years अगाडी

काठमाडौं,
नेपाली जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन नेपाली काँग्रेस केन्द्रीय समितिलागायत विभिन्न उपसमितिहरुलाई आग्रह गरेको छ । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको भन्दै निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन आग्रह गरेको हो ।
गत अगष्टमै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले जानकारी दिए ।

नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रीय प्रतिनिधि खटाउँनु पर्ने व्यवस्था छ ।

नेपाली जनसम्पर्क समिति क्यानडाको सन् २०१८ को अगस्ट २८ मा अधिवेशन सम्पन्न भएको थियो । काँग्रेस केन्द्रीय समितिले जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिदिएपनि समितिलाई स्वीकार्य हुने बताइएको छ । त्यस्तै समितिले ध्यानाकर्षण पत्रमा विभिन्न मागहरु प्रस्तुत गरेको छ । उक्त मागहरुलाई उच्च चासो दिई उचित सम्बोधन गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।

यो अनुरोधलाई कमजोरिको रुपमा नलिन पनि अनुरोध गरिएको छ । त्यस्तै नेपाली काँग्रेस प्रति नेपाली जनसम्पर्क समितिका सदस्यहरु सधै बफादार र निष्ठावान भएकाले पार्टीको सम्पूर्ण कृयाशिल सदस्यता र साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदीय जिम्मेवारीमा नबस्ने जानकारी गराइएको छ ।

          September 29, 2020 10:48 pm | प्रवास,समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...