वैदेशिक रोजगार ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।
नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको
हो |
पाैडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाइ ठगी गरेकाे अनुसन्धान ब्यूरोले जनाएको छ ।
पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाण्डाै जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
साभार उज्यालो |
March 1, 2021 7:27 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
Loading...