वैदेशिक रोजगार ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।
नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको
हो |
पाैडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाइ ठगी गरेकाे अनुसन्धान ब्यूरोले जनाएको छ ।
पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाण्डाै जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
साभार उज्यालो |
March 1, 2021 7:27 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...