

भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

महाराष्ट्रमा आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन
काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।
भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।
पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ ।
महाराष्ट्र सरकारले आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए ।
संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ । महाराष्ट्र राज्यका मुम्बई, पुने, नासिकलगायत सहरी क्षेत्रमा नेपाली कामदारहरू बढी रहेको पाइन्छ ।
साभार कान्तिपुर |
April 5, 2021 12:29 pm | टप,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

