Tuesday 16th April 2024

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

3 years अगाडी

आफ्ना विद्यार्थीलाई पढाउने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलवार मुद्धा दर्ता गरेको हो ।

शिक्षक चौधरीले विभिन्न समयमा १३ वर्षका एक र १४ वर्ष उमेका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । शिक्षकले शंवेदनशील अंग छुने, सुम्सुम्याउने र अस्वभाविक यौनजन्य क्रियाकलाप गरेकाले प्रहरीले ‘बाल यौन दुरुपयोग’ कसुरमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको उनले बताए । ‘घटनाबारे कसैलाई नभन्न धम्की दिएको, त्रासमा राखेको पनि देखिन्छ’ डिएसपी दाहालले भने । पिडित बालिकाले पनि शिक्षकले पटक–पटक यौनजन्य हिंसा गरेको बताएका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने शिक्षक चौधरीले उक्त विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका थिए ।  साभार नागरिक |

          April 14, 2021 12:06 am | समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...