बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस
बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो ।
बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुगेको होटलमा सशुल्क आइसोलेशन राख्ने निर्णय गरेकाे छ ।
त्यस्तै भेरी अस्पताललाई तत्काल आवश्यक अक्सिजन व्यवस्थापनका लागि अनुरोध गर्ने, कोभिड व्यवस्थापनमा आवश्यक भएकाले जिल्ला समन्वय समितिमा रहेको कोषको रोक्का खाता फुकुवाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बाँकेमा मङ्गलवार मात्रै दुई सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ |
साभार उज्यालो |
April 20, 2021 10:07 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी