पत्रकार र मिडियाका समस्या सम्बाेधन गर्ने बजेट ल्याउन आग्रह
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलवार (आज) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभएको
हो ।
महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी कोभिडबाट अति प्रभावित पत्रकारहरूलाई थप लेखन वृत्तिको व्यवस्था गर्न आवश्यकता रहेको बताउनुभयो ।
महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।
पत्रकार महासङ्घका पदाधिकारीले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासङ्घको भवनमा पूर्वाधार बढाउने लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरूले पत्रकार महासङ्घको महाधिवेशन र चुनावका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
भेटमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवर्द्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्ष रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । अर्थ मन्त्री पौडेलले महासङ्घका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
साभार उज्यालो |
April 20, 2021 10:15 pm | विचार/ब्लग
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।