

भूकम्पपछिका ६ वर्ष : निजी आवासमा ९३ प्रतिशत प्रगति

काठमाण्डाै – भूकम्पपछिका ६ वर्षमा निजी आवासमा ९३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार लाभग्राहीमध्ये घर निर्माण गर्नेहरुकाे सङ्ख्या ७ लाख ५३ हजार अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।
यसै आर्थिक वर्षभित्र निजी आवासको काम सम्पन्न गर्ने लक्ष्य रहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । भूकम्पपछि २ सय ९९ वटा असुरक्षित ठाउँमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था भएको छ । त्यस्तै १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण बनेको प्राधिकरणको तथ्याङ्क छ ।
क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । अहिले २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । धरहरा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । आउँदो साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रमहरु सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तयार भइसकेको प्राधिकरणले जनाएको छ ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पले क्षति गरेका आधारभूत संरचनाको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र र बाँकी रहेका कामहरु सम्बन्धित निकायलाई हस्तान्तरण योजना रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण देखा परेका जोखिमको व्यवस्थापन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा सन्तोषजनक उपलब्धि हासिल गरेको पनि उहाँको भनाइ छ ।
साभार उज्यालो |
April 23, 2021 4:52 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

