मङ्गल ग्रहमा अक्सिजन बनाउन नासा सफल
काठमाण्डाै – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको हो । नासाले भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बनडाइअक्साइड र शून्य दशमलव १३ प्रतिशत मात्रै अक्सिजन छ । मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बनडाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो । यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाइ पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।
नासाले गएको बिहीबार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण पनि गरिसकेको छ । इन्जुन्यूटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेपछि, दुई मिटर हावामा सीधा अघि बढेर पुरानै ठाउँमा फर्केर अवतरण गरेको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन् । यी दुवैलाई पर्सिभिअरन्स यानसँगै गएकाे फेब्रुअरीमा मङ्गल ग्रहमा लगिएकाे थियाे । साभार उज्यालो
April 23, 2021 4:57 pm | टप,रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने