काठमाण्डाै उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा, सार्वजनिक र निजी दुवै गाडी चलाउन राेक
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घाेषणा गरिएकाे छ । साेमवार बसेकाे काठमाण्डाै उपत्यकाका काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे ।
निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले जारी गरेका आदेशमा जनाइएकाे छ । अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डाै उपत्यका प्रवेशमा राेक लगाउने निर्णय पनि गरिएकाे छ ।
बैठकले सबै प्रकारका सभा, सम्मेलन, गाेष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनाेरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेकाे छ । यस्तै विवाह, ब्रतबन्धकाे हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डकाे पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो