Sunday 20th July 2025

काठमाण्डाै उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा, सार्वजनिक र निजी दुवै गाडी चलाउन राेक

4 years अगाडी

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घाेषणा गरिएकाे छ । साेमवार बसेकाे काठमाण्डाै उपत्यकाका काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे ।
निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले जारी गरेका आदेशमा जनाइएकाे छ । अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डाै उपत्यका प्रवेशमा राेक लगाउने निर्णय पनि गरिएकाे छ ।

बैठकले सबै प्रकारका सभा, सम्मेलन, गाेष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनाेरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेकाे छ । यस्तै विवाह, ब्रतबन्धकाे हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डकाे पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएकाे छ ।   उज्यालो

          April 26, 2021 8:56 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...