

२४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण, थप १८ जनाको ज्यान गयो

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक हजार नौ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ६० जना गरी कुल चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ ।
यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।
यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् । उज्यालो
April 27, 2021 10:27 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

