‘कोरोनाका कारण बालबालिकामा ठूलो असर, १० प्रतिशतको नियमित खाना नै कटौती’
काठमाण्डाै – कोरोना महामारीको कारण बालबालिकाको चौतर्फी विकासमा ठूलो नोक्सान पुगेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ नेपाल, शेयरकास्ट सहितका सङ्घ–संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले बालबालिकाले पर्याप्त खाना नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेको र परिवार गरिबीमा धकेलिँदा उनीहरूको चौतर्फी विकासमा ठूलो नोक्सानी पुगेको देखाएको छ ।
गएको मे महिनादेखि ६ पटकसम्म गरेर ६ हजार घरपरिवारमा अध्ययन गरिएको थियो । अध्ययनका अनुसार गएको वर्ष चैत ११ देखि भएको लकडाउनको सुरुमा ९० प्रतिशत बालबालिका पढाइबाट वञ्चित भएका थिए भने अनलाइन कक्षा सुरु भएपछि जम्मा ३० प्रतिशत बालबालिकाले मात्रै पढ्न पाएका थिए । यसरी पढ्न पाउनेमध्ये धेरै सम्पन्न परिवारका बालबालिका मात्रै थिए ।
यस्तै गएको अगस्ट महिनासम्म २० प्रतिशत घरपरिवारले खाद्यान्नकै लागि सङ्घर्ष गर्नुपरेको थियो भने अहिले पनि १० प्रतिशत घरपरिवारका बालबालिकाले नियमित खानामा कटौती गर्नुपरेको देखिएको छ ।
यस्तै १० प्रतिशत परिवारले होम आइसाेलेशनकाे व्यवस्था गर्न असमर्थ रहेको बताएका छन् भने गरिबीकै कारण कोरोना महामारीबाट बच्न अपनाउनुपर्ने सुरक्षा मापदण्डको पालनामा कमी आएको देखिएको छ ।
यस्तै समुदायमा बालबालिका र महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका घटना बढ्दै गएको, बाल श्रम, बालविवाह र बेचबिखनका घटना पनि बढ्दै गइरहेको उत्तरदाताले बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
युनिसेफले बालबालिकाको शिक्षा र पोषणका लागि ६ हजार घरपरिवारका १० हजार बालबालिकालाई दुई हजार रुपैयाँका दरले सहयोग गरेको पनि जनाएको छ ।उज्यालो
April 28, 2021 8:16 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी