नक्कली स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीकाे छापा
ललितपुर – नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलकाे शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्री पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्री/वितरण भइरहेको सूचनाको आधारमा छापा मारिएको उहाँले बताउनुभयो । एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याब टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताउनुभयो ।
दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । यस कारखानालगायत मुख्य–मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुन सक्ने बताएको छ । उज्यालो
May 23, 2021 6:44 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी