नक्कली स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीकाे छापा
ललितपुर – नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलकाे शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्री पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्री/वितरण भइरहेको सूचनाको आधारमा छापा मारिएको उहाँले बताउनुभयो । एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याब टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताउनुभयो ।
दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । यस कारखानालगायत मुख्य–मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुन सक्ने बताएको छ । उज्यालो
May 23, 2021 6:44 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो