स्वीकृति नलिइ बेच्न राखिएका स्यानिटाइजर प्रशासनद्वारा बरामद
5 years अगाडी
manoj Thapa
पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ बिक्रीका लागि राखिएका ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधि पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर भन्दा बढी ह्याण्ड स्यानिटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वीकृति नलिएका ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाइ छ । औषधि व्यवस्था विभागले स्वीकृति दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत स्यानिटाइजर बिक्रीका लागी राखिएको पाइएकाे प्रशासनले जनाएकाे छ ।
यसरी विभागबाट स्वीकृत नभएका स्यानिटाइजर बिक्री नगर्न सचेत गराएकाे छ । उपभाेक्तालाई पनि स्वीकृति प्राप्त स्यानिटाइजर मात्रै प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।उज्यालो
June 5, 2021 9:32 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...