एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा
कुवेत – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्र सारू मगरलाइ निर्वाचन अधिकृत तोकेको छ ।
गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचन समिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो । गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो ।
निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचन अधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले जानकारी दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन् ।
July 10, 2021 7:04 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध