बँदेलको मासु काटेर भाग लगाउँदै गर्दा दाङमा पाँच जना पक्राउ
दाङ – जङ्गली बँदेल मारेकाे आरोपमा दाङमा पाँच जना पक्राउ परेका छन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा घटनास्थलबाटै डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका ४ भकारे गाउँका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, वीरबहादुर रोका र कौशिला गुरुङ रहेका सब डिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र प्रहरी चौकी गोल्लीबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । मासु काटेर डेक्ची र बोरामा भाग लगाउँदै गरेको अवस्थामा वन र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उज्यालो
July 21, 2021 12:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा